२१ तोला सुन सहित एकजना पक्राउ।

0

असोज७सुर्खेत।२१ तोला सुनसहित प्रहरीले सुर्खेतको बीरेन्द्रनगर बाट एक जनालार्इ प्रकाउ गरेको छ।प्रकाउ पर्नेमा  नेपालगञ्ज उपमाहानगरपालीका १४ सुनारमण्डीका नया राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढ रहेको प्रहरीले जनाएको छ।वीरेन्द्रनगर ११ सुब्बाकुना चेककपोष्टमा जाँच गर्ने क्रममा जसगढलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ। ६ नंम्बर प्रदेश प्रहरी कार्यालयको बिशेस टोलीले चेक जाँच गर्न खोज्दा जसगढ भाग्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिएको हो।उनको साथबाट २१ तोला ७९ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद गरिएको सुनको मुल्य १२ लाख बराबारको रहेको प्रहरीको भनार्इ छ।प्रकाउ परेका जसगढलार्इ आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ।राजस्व अनुसन्धान कार्यालय कोहलपुरले म्याद थप गरी थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

Share.

About Author

Leave A Reply