माघ २५, सुर्खेत राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले अहिले सम्म ४० प्रतिशत काम सम्पन गरिसकेको जनाएको छ।
आयोजनाले दोस्रो चरणमा पावर हाउस बाँध र विद्युत गृह निर्माणको काम धमाधम भर्इरहेको जनाएको छ।
भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गर्ने काम अहिले भर्इरहेको आयोजना प्रमुख हरिनारयण यादबले जानकारी दिनुभयो।
१ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाउन चाइनिज निर्माण कम्पनीले ६ अर्ब १६ करोड रुपैयाँमा कामको जिम्मा लिएको छ।
कम्पनीले दोस्रो चरणका सबै काम तोकिएको अवधि आर्थिक वर्ष २०७९/८०भित्र सम्पन्न गर्ने जनाएको छ।
यस्तै बीच आयोजनाले ९६ प्रतिशत निजी जग्गा भएका परिवारलार्इ मुआब्जा वितरण गर्ने काम सकिएको जनाएका छन्।
प्रभावितहरुले मापदण्डका आधारमा मुआब्जा पाउनुपर्ने माग गरेपनि लालपुर्जा नभएका परिवारले अहिले सम्म मुआब्जा नपाएको बताउदै आएका छन।
आयोजना प्रमुख यादबले मापदण्ड अनुसार लालपुर्जा नभएकाहरुलार्इ पनि वितरणको प्रकृयामै रहेको भन्दै छिटै वितरण गरिने बताउनुभयो।
यो आयोजनाबाट लुम्बीनी प्रदेशको बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै सुर्खेतको हात्तिखालमा ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ।