८ वटा नगरपालिका ३० जनालाई बिशेष तालिम

0

फागुन–२८।सुर्खेत, दैलख, बाँके, बर्दिया, र दाङ नगरपालिकाका अग्नि नियन्त्रक र दमकल चालक लगाएत ३० जनालाई बाँके नेपालगन्जमा बिशेष तालिम दिर्इएको छ।नेपालगन्ज उपमहानगरपालिकाले नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र सँगको संयुक्त आयोजनामा विभिन्न ८ वटा नगरपालिकाका अग्नि नियन्त्रक, दमकल चालक लगायतलाई तालिम सञ्चालन गरेको हो।नेपालगन्ज विमानस्थलमा लगेर विमानमा आगलागी हुँदा नियन्त्रण गर्ने तरिका र सिटि दमकलले गर्नुपर्ने सहयोगी भूमिका बारे पनि प्रशिक्षित गरिएको मुख्य प्रशिक्षक किशोर कुमार भट्टराईले बताउनु भयो। पाँच दिनसम्म सैद्धान्तिक ज्ञान सिकाइसकेपछि निरन्तर प्रयोगात्मक अभ्यास चलिरहेको मुख्य प्रशिक्षक भट्टराईको भनार्इ छ।ठूला खालका आगलागीदेखि सडकमा दुर्घटना हुँदा उद्दार कसरी गर्ने भन्ने तरिका समेत सिकाइएको उहाँले बताउनु भयो।

Share.

About Author

Leave A Reply