९ बुँदे कार्यदिशा जारी गर्दै प्रदेश नंबर ६ का गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको भेला वीरेन्द्रनगरमा सम्पन्न।

0

सुर्खेत–१३ पुष।स्थानीय सरकारको ९ बुँदे कार्यदिशा जारी गर्दै प्रदेश नंबर ६ का गाउपालिकाका अध्यक्ष र उपाध्यक्षको भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ।६ नंबर प्रदेशका १० जिल्लाका ५४ वटा गाउपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको भेलाले प्रदेशको विकास र समृद्धिका विभिन्न योजनाहरु सहितको ९ बुदे कार्यदिशा तय गरेको हो।भेलाले स्थानीय सरकारमा कानुनले व्यवस्था गर्नुपर्ने सबै कानुनी पूर्वाधार यथास्रिघ तयार गर्न आहन गर्ने, अन्तरसरकारी राज्श्व र स्रोतहरुको बाडफाँडमा स्थानीय जनप्रतिनिधीको सहभागिता ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरेको छ।यस्तै स्थानीय कानुन तर्जुमा गरी माध्यमिक तहसम्मको शिक्षा र प्राथमिक स्वाथ्य व्यवस्थापनमा सम्पूर्ण जिम्मेवारी स्थानीय प्रतिनिधीले नै लिनुपर्ने, गाँउ र नगरपालिकालाई सरकारले समान व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ।यसैगरी तत्कालै स्थानीय तहमा कर्मचारी नपठाएमा कर्मचारी भर्ना सुरु गर्ने, कार्यालय भवन नभएका स्थानीय तहलाई विशेष अनुदानको व्यवस्था गर्नुपर्ने र वन क्षेत्रमा कार्यालय बनाउनु पर्ने भएमा जग्गा प्राप्तीकालागि सहजीकरण गरिदिनुपर्ने लगायतका बुदाँ छन्।यस्तै भेलाले प्रदेश नंबर ६ का केहि गाउँपालिकाहरुलाई पिछडिएको क्षेत्रबाट हटाईएको भन्दै आपत्ति जनाएको छ।उनीहरुले सुचिबाट हटाईएका गाउपालिकाहरुलाई तत्काल पिछडिएको क्षेत्र भित्र समावेश गर्न पनि माग गरेका छन्।यसैबिच ६ नंबर प्रदेशका गाउपालिका अध्यक्ष र उपाध्यक्षहरुको भेलाबाट सुर्खेतको सिम्ता गाउपालिकाका अध्यक्ष कविन्द्र केसीको संयोजकत्वमा १४ सदस्यीय गाउपालिका प्रदेश स्तरीय समन्वय समिति गठन गरेको छ।समितिको सहसंयोजकमा कुमाख गाउँपालिका सल्यानका अध्यक्ष दिलमाया बुढामगर रहनुभएको छ। यस्तै सदस्यहरुमा त्रिवेणी गाउपालिका सल्यानका अध्यक्ष मानबहादुर डांगी, तिला गाउपालिका जुम्लाका अध्यक्ष रतन योगी, पचाल झरना गाउपालिका कालिकोटका अध्यक्ष खड्गराज सेजुवाल, बारेकोट गाउपालिका जाजरकोटका अध्यक्ष महेन्द्रबहादुर शाह रहनुभएको छ।यस्तै महावु गाउपालिका दैलेखका अध्यक्ष जंगबहादुर शाही, गुँरास गाउपालिका दैलेखका अध्यक्ष खेमराज वली, कपुरकोट गाउपालिका सल्यानका अध्यक्ष भिमबहादुर सेन, चंखेली गाउपालिका हुम्लाका अध्यक्ष धनलाल चौलागाई, जुनिचादे गाउपालिका जाजरकोटका उपाध्यक्ष शिवा आचार्य बस्नेत, सोरु गाउपालिका मुगुका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम र कन्का सुन्दरी गाउपालिका जुम्लाका उपाध्यक्ष उर्मिला भण्डारी रहनुभएको छ।गाउपालिका प्रदेश स्तरीय समन्वय समिति प्रदेश नंबर ६ का संयोजक केसीले ऐननियम अनुसार स्थानीय तहका प्रतिनिधी र कर्मचारीको क्षमता अभिवृद्धि गरेर जनतालाई छिटो र सहज रुपमा सेवादिने प्रतिवद्धता जनाउनु भएको छ।

Share.

About Author

Leave A Reply