असोज २७ सुर्खेत प्रहरी दिवसको अबसरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश नम्बर ६ का १७ जना प्रहरीहरु पुरुस्कृत भएका छन।
६२ औ प्रहरी दिसवसको अवसरमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयलले बीरेन्द्रनगरमा गरेको कार्याक्रममा उनिहरुलार्इ पुरुस्कृत गरिएको हो।
कार्यसम्पादन मुल्याकङन र उनिहरुले गरेको कामको आधारमा पुरस्कृत गरिएको ६ नम्बर प्रदेश कार्यालयले जनाएको छ।
पुरस्कृत हुनेमा प्रहरी जवानदेखी प्रहरी अधिकृत समेत रहेको कार्यालयले जनाएको छ।
यस्तै ६ नम्बर प्रदेशमा सबैभन्दा राम्रो काम गरेको भन्दै सामुदायकि प्रहरी र्इकाइ रुकम कार्यालयलार्इ सम्मान गरिएको छ।
प्रहरी दिवसकै अवसरमा अमर प्रहरीका सन्ततीहरुलाई नगद सहित छात्रबृत्ती पनि वितरण गरेको छ ।
दिवसका अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरिएको छ।
दिवसकै अवसरमा ३० जना प्रहरीहरुले रक्तदान समेत गरेका छन।
६ नम्बर प्रहरी प्रदेश कार्यालय सुर्खेतले अमर प्रहरीका परिवार र पूर्व प्रहरीहरुसंग पुनर्मिलन कार्यक्रम गरेर प्रहरी दिवस मनाएको छ।
प्रहरीले बिषेश कार्याक्रमको आयोजना गरेर सहिदहरुको सम्झँनामा सलामी समेत अर्पन गरेर दिवस मनाएको छ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इले प्रहरीले एक्लै शान्ति सुरक्षा कायम गरिरहेको भन्दै अब सबैले साथ दिनुपर्नेमा पनि जोड दिनुभयो।
क्षेत्रीय प्रशासक गुरागार्इले प्रविधिको बिकाससंगै अपराध पनी परिबर्तन भएको भन्दै समय अनुकुल प्रविधि मैत्री भएर काम थाल्न सुझाँब दिनुभयो ।
उहाँले आफ्नो अधिकार खोजिको नाममा हिजोआज कानुन हातमा लिनेको बाक्लै उपस्थिती रहेको भन्दै यसको नियन्त्रयणको लागी दक्षजनशक्ती, स्रोत, सधान र प्रविधिको बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
क्षेत्रीय प्रशासक गुरागार्इले सरकारले प्रहरीलार्इ बिषेश अघिकार दिएर अघिकार सम्पन्न गराउनु पर्ने अहिले आबश्यकता रहेको बताउनु भयो।
कार्याक्रममा ६ नम्बर प्रदेशका प्रहरी प्रमुख रणबहादुर चन्द्रले आफुहरुसंग अनुसन्धानको लागी आबश्यक प्रविधी नहुँदा अपेक्षाकृत रुपमा सफलता प्राप्त गर्न नसकेको बताउनु भयो।
उहाँले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीको विकल्प नभएको भन्दै नेपाल प्रहरीको समृद्धिको लागि सरकारले ध्यान पुर्याउनुपर्ने जोड दिनुभयो। बार्इट
एर्इजी चन्द्रले शान्ति सुरक्षा र अमनचयन पछि मात्रै विकास हुने भन्दै शान्त सुरक्षाका लागि प्रहरीलाई सघाउन सबैलार्इ आग्रह गर्नुभयो।
यस्तै कार्यक्रममा अमर प्रहरीका केन्द्रिय माहासचिब रामकुमारी थापाले कर्तव्य पालना गर्दा गर्दै ज्यना गुमाएका अमर प्रहरीका आफन्तहरुलाई सरकारले नै पटकपटक पीडा दिने गरेको बताउनु भयो।
उहाँले दन्द्घपिडितको राहत वितरण लगायत आफुहरुको समस्या प्रती सरकाले चोसो चदेखाएको गुनासो गर्दै यसप्रति सरकारले विषेश ध्यान दिन जरुरी रहेको बताउनु भयो।
कार्यक्रममा एकल महिला नन्दा श्रेष्ठले आफुहरु लार्इ सराकरले राहत वितरणमा बिभेद गर्ने गरेको गुनासो गर्नुभयो।
नेपाल प्रहरीको सेवामा लागेर देश र जनताको लागि शान्ति सुरक्षा कायम गदागर्दै विरगती प्राप्त गरेका प्रहरीको सम्झनामा दिवस मनाइएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अघिकारी सिताराम कार्की, अख्तियादुरु अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थ, नेपाली सेना,सशस्त्र प्रहरीका अधिकृत पूर्व अमर प्रहरीका परिवार, पुर्वप्रहरी कर्मचारीहरु लगाएको सहभागी रहेको थियो।