कात्तीक–२८सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा आज भएको एक कार्यक्रमका सहभागीले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन।सुर्खेत उद्योग वाणिज्य संघले गरेको जिल्लास्थित उद्योगहरुको वर्तमान अवस्था, चुनौति र सम्भावना विषयक अन्तरक्रियामा सहभागी उद्योगीहरुले यस्तो सुझाव दिएका हुन।उद्योगलाई प्रोत्साहन तथा जगेर्ना गर्ने सरकारी नीति, प्रविधि, पूर्वाधार, प्रोत्साहन, उचित वातावरण र दक्ष मानव संशाधनको अभावमा सुर्खेतमा उद्योग फस्टाउन नसकेको ठहर गर्दै यस्तो सुझाव दिइएको हो।वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विगतमा शैक्षिक, पर्यटकीय र प्रशासनिक शहरका रुपमा सीमित बनेको वीरेन्द्रनगरलाई अब औद्योगिक शहरका रुपमा विकास गरिने बताउनु भयो।जिल्लाका उद्योगी व्यापारीहरुले दिएको सुझावका आधारमा आवश्यक्तामा आधारित नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो।सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नयाँ संरचना गइसकेपछि नयाँ चुनौति र समस्या आउन नदिन पूर्व योजना बनाई पूर्व तयारी गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो।छैठौं प्रदेशको निर्विकल्प राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई प्रशासनिक केन्द्रका रुपमा मात्र सीमित नराखी औद्योगिक हवका रुपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।संघका उद्योग उपाध्यक्ष वासुदेव शर्मा घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भू पौडेल वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख केशर पाण्डे बैंकर्स एसोसिएसनका सल्लाहकार कर्णबहादुर सिंजाली सुर्खेती ढाका समूहका नन्दाकुमारी थापा मगर उद्यमी हरिश्चन्द्र चलाउनेले लगाएतले स्थानीय उत्पादनको स्थायित्वकालागि स्थानीय सरकारले प्रयोग र प्रोत्साहनको नीति अवलम्ब गर्नुपर्ने सुझाव दिनुभयो।कार्यक्रमबाट विभिन्न ५ वटा निर्णयहरुपनि गरिएका छन।महिलाले सञ्चालन गरेका उद्योग तथा वीरेन्द्रनगरमा सञ्चालन हुने नयाँ उद्योगहरुको सहजताकालागि वीरेन्द्रनगर नगरपालिकाले विशेष नीतिका साथै उद्योग र उद्यममा आधारित कार्यक्रम बनाई लागू गर्ने लगाएतकका निर्णय भएको छ।
उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई सुर्खेतका उद्योगी व्यवसायीको सुझाव।
0
Share.