साउन ८ सुर्खेत,
सुर्खेतको लाटीकोइलीमा रहेको ऐतिहासीक शिव मन्दिरमा शिव एवं महापुराण श्रावण मेला सुरु भएको छ ।
एक कार्यक्रमका बिच कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले मेलाको उद्धघाटन गर्नुभएको हो।
विहान कलश यात्रा सहित सुरु भएको मेला यही साउन १६ गते सम्म संचालन हुने छ।
शिव मन्दिरलाई धार्मिक परम्परा, ऐतिहासिकता सँगसँगै आधुनिकतालाई जोडेर धार्मिक पर्यटकिय क्षेत्र बनाउने योजना रहेको मेला आयोजक समितिले जनाएको छ।
महोत्सव अवधिभर बिहान ५ बजे देखि ७ बजे सम्म योग विज्ञान शिविर, ७ बजे देखि ८ बजे सम्म र ८ बजे देखि पाठ परायण हुने आयोजकले जनाएको छ।
संकलित रकमबाट मन्दिर हातामा पर्खाल लगाउने, साधुहरुको बसोबासका लागि व्यवस्थापन गर्ने र मन्दिरमा हुने दैनिक पूजा आजाबाट संकलन हुने रकम अक्षय कोषमा जम्मा गरिने मेला मूल आयोजक समितिका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभयो।
मेलामा २० लाख रुपैयाँ खर्च हुने र १ करोड रुपैयाँ संकलन गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ।
श्रावण मेलामा गोविन्द शरण महाराज संकल्पकर्ता र नारायण न्यौपाने वाचकको रुपमा रहनु भएको छ।