कर्णालीमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग।

0

साउन २९ सुर्खेत,कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०७४/०७५ मा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको सरकारी तथ्याँक छ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको जनाएको हो।

यो प्रदेशका सुर्खेत पश्चिक रुकुम र सल्यान बाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको जनाएको छ।

मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापाले आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी सल्यानले १३ हजार ६३० मेट्रिक टन खाद्य बाली सञ्चित गरेको बताउनु भयो।

यस्तै सुर्खेतले धान गहुँ, मकै लगायतका उत्पादित बाली गरी पाँच हजार ४०५ मेट्रिक टन र  रुकुमले दुर्इ हजार ६६४ मेट्रिक टन सञ्चित गरेको उहाँको भनार्इ छ।

यसैगरी सबैभन्दा बढी कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन खाद्यान्न अपुग भएको छ।

दैलेखमा एकहजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ र हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग छ।

२०६८ को राष्ट्रिय जनगणनामा १३ लाख २५ हजार यो प्रदेशको जनसङ्ख्या अहिले १८ लाख भन्दा बढी पुगेको अनुमानित तथ्याङ्क मन्त्रालयको छ।

 

 

Share.

About Author

Leave A Reply