साउन २ सुर्खेत, साउन महिना सुरु हुदाँसम्म कर्णाली प्रदेशका दश मध्य दुर्इ जिल्लामा मात्र धान रोपार्इ सकिएको सरकारी तथ्याँक छ।
क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको जनाएको छ ।
अहिलेसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिनुभयो ।
आकासे पानीमा भरपर्ने भएकाले पनि असार सकिदा पनि कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ हुन बाँकी छ।
कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, जाजरकोटमा ९५, कालीकोटमा ९०, सल्यानमा ८५ , रुकुम पश्चिममा ८० र मुगुमा ७०, प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी सुर्खेतमा करिब सुर्खेतमा ५० र दैलेखमा ४० प्रतिशतको हाराहारीमा रोपार्इ भएको छ ।
पोहरको तुलनामा भने यसपाली असार महिनामा धेरै रोपार्इ भएको कार्यालयको तथ्याँक छ।