चैत ४ बाजुरा/ चट्याङ लागेर बाजुरामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।बाजुराको बोर्तामा गएराति चट्याङ लागेर १५ वर्षे शेरबहादुर कार्कीको ज्यान गएको छ भने उहाँका दिदी झुमकला र बहीनी जुनु घाइते हुनुभएको छ ।दुवै जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार चलिरहेको छ । घरमा परेको चट्याङबाट एक हल गोरु र एक वटा बाख्रा समेत मरेको स्थानीय अजबहादुर मल्लले बताउनु भयो।