सुर्खेत चैत ५- पश्चिम सुर्खेतमा रहेको चौकुने गाँउपालिकाको केन्द्र गुटु नै हुनुपर्ने स्थानियहरुले माग गरेका छन।जिल्ला समन्वय समितिको कार्यलयमा ज्ञापनपत्र बुझाँदै उनिहरुले यसअघि राजनितिक दल र जिल्ला समन्वय समितिले गरेको सिफारिस तत्काल खारेज गर्नुपर्नेमाग गरेको छन।उनिहरुले स्थानिय पुनर्संचना आयोगले केन्द्र गुटु तोकिएको भएपनि राजिनितक दल प्रतिनिधिले आफुखुशी गरेको निर्णय आफुहरुका लागी मान्य नहुने बताएका छन।संघर्ष समितिका संयोजक कमल जिसीले जंनसंख्याको हिसावले गुटु नै उपयुक्त भएकाले यसको केन्द्र गुटुनै तोकिनु पर्ने बाताउनु भयो। उहाँले यसअघि केन्द्र गुटु केन्द्र बनाउने सहमति भइसकेकाले अहिले निर्वाचनको मुखमा आएर केन्द्र परिबर्तन आफुहरुको लागी धोका भएको बताउनु भयो।यसअघि बिजौरा लगाएतका स्थानियहरुले चौकुने गाँउपालिकाको केन्द्र बिजौरा हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।यसबारे भोली राजनितिक दलहरुसंग छलफल गरेर निर्णय गरिने जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ।