साउन ५ सुर्खेत,
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७५/७६ एक हजार ३ सय ७६ मुद्धा परेको जनाएको छ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रहरीले एक हजार ४६ मु्द्धाको टुङगो लगाएको जनाएको छ।
कार्यालयमा दर्ता भएका ३ सय ३० मुद्धा अँझै टुङगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीमा सबै भन्दाबढी घरेलु हिंसाका मुद्धाहरु दर्ता भएका छन्।
प्रहरी पुमुख उमाप्रसार्द चतुबेदीका अनुसार गएको आर्थिक वर्षमा ४ सय ५९ घरेलु हिंसाका मुद्धाहरु प्रहरीमा दर्ता भएको बताउनुभयो।
उहाँले सुर्खेतमा पछिल्लो समय आत्म हत्याका घटनाहरु पनि बढ्दै गएको बताउनुभयो।
यस्तै एक वर्षमा १ सय ६३ वटा सार्वजनिक अपराधका मुद्धा दर्ता भएका छन भने सार्वजनिक अपराध ७५ वटा मात्र मुदा परेका छन।
गत आर्थिक वर्षमा बलात्कारका २३ वटा मुद्दा दर्ता भएका प्रहरी प्रमुख चतुर्बेदीको भनार्इ छ।