साउन १ सुर्खेत-,सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।
मन्त्रिपरिषदको आजको बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।
डाक्टर केसीले आफूले वार्ताको लागि पहल गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै माग सम्बोधन नभएसम्म जुम्ला नछाड्ने बताउनु भएको छ ।
१७ दिनदेखि आमरण अनसनमा रहनुभएका उहाँको स्वास्थ्य अवस्था जटिल बनेको छ ।