भदौ–३ सुर्खेत।विवेकशील साझाँ पार्टीका संयोजक रविन्द्र मिश्रले देशले अहिले नयाँ नेतृत्वसंगै परिवर्तन चाहेको भन्दै आफुहरुले नयाँ पाटीको स्थापना गरेको बताउनु भएको छ।उहाँले प्रदेश नम्बर ६ मा प्रचुर सम्भावनाको खानी रहेको भन्दै पुराना दलहरुले यसको सदुपयोग गर्न नसकेकाले आफुहरु त्यो परिबर्तन बदल्न आएको दाबी पनि गर्नुभयो।उहाँले प्रदेश नम्बर ६ बहुमुल्य साम्रगीहरुको भन्डार रहेको भएपनि यसको उपयोग हुन नस्कदा यस क्षेत्रका नागरीक पछाडी परेको बताउनु भयो।संयोजक मिश्रले आफुहरु नेता बन्न नभइ जनताको सेवा गर्ने आएको उल्लेख गर्दै त्यसको लागी सबैको सहयोग आबश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अहिलेका राजनितिक दलहरुले जनताको मतको सदुपयोग गर्न नसकेको भन्दै कविता मार्फत व्यङय पनि गर्नुभयो।कार्यक्रममा सहभागीहरुले साझाँ पार्टीलार्इ सबैको साझाँ भएर काम थाल्न सुझाव दिएका छन।यसैबिच प्रदेश नम्बर ६ को संयोजकमा सुर्खेतका गेहेन्द्रप्रसाद दाहाल चयन हुनुभएको छ।वीरेन्द्रनगरमा भएको प्रदेश नम्बर ६ को संगठन विस्तारको कार्यक्रममा दाहाललाई प्रदेश नम्बर ६ को जिम्मेवारी दिएको हो।कर्यक्रममा केन्द्रिय सदस्यहरु डा. दिनेश प्रसाई, रञ्जु दर्शना, मुमाराम खनाल, लगाएतको सहभागीता रहेको छ।यसअघि प्रदेश नम्बर ७ को संयोजकमा गोपी हमाल चयन भर्इसक्नु भएको छ।विवेकशील साझाँ पार्टीले प्रदेश नम्बर ७ बाट प्रदेश स्तरिय संगठन बिस्तार थालेको हो।
देशले नयाँ नेतृत्वसंगै परिवर्तन चाहेको भन्दै पार्टीको स्थापना गरेको विवेकशील साझाँ पार्टीका संयोजक मिश्रको भनाइ।
0
Share.