, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ।

0

साउन २ सुर्खेत, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार विरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ।

कांग्रेसले केन्द्र सरकार र प्रदेश सरकारहरुले जनविरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।

महामन्त्री डा. शशांक कोइरालाले विज्ञप्ति जारी गरी संघीय सरकार र प्रदेश सरकार लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासन बिपरित मनोमानी ढंगबाट चलिरहेको आरोप लगाउनु भयो।

अहिलेको सरकारले संघीय संसद र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको, संघीय व्यवस्थाको भावना विपरीत अधिकारहरुको केन्द्रीकरण गरेको कांग्रेसको आरोप छ ।

यस्तै संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्न खोजेको, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायिक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति बढेको विज्ञप्तिमा उल्लेख छ ।

 

Share.

About Author

Leave A Reply