बाँकेको खजुरामा नेपाल विद्युत प्राधिकरणका एकजना प्राविधिक घुस रकम सहित पक्राउ।

0

कात्तिक – ८बाँके।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले विद्युत कर्मचारीलाई घुसको रकम सहित पक्राउ गरेको छ।सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको भन्ने सूचनाका आधारमा पुगेको अख्तियार टोलीले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक जयराम न्यौपानेलाई घुसको रकम सहित पक्राउ गरेको हो।तेश्रो तहमा कार्यरत न्यौपानेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोहलपुरका निमित्त प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो।सेवाग्राहीसँग मिटर जडान कार्य गर्नकालागि घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा न्यौपानालेलाई पक्राउ गरिएको उहाँको भनार्इ छ।अख्तियारले यसअघि पनि नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज बितरण केन्द्रबाट एकजना कर्मचारीलाई सेवाग्राहीसँग घुस रकम लिदै गर्दा पक्राउ गरेको थियो।

Share.

About Author

Leave A Reply