बिपि स्मृति दिवस सुर्खेत सहित देशभर मनाईंयो ।

0

सुर्खेत ७,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनार्इएको छ।

यसअवसरमा नेपाली काग्रेस क्षेत्र नम्बर दुर्इ सुर्खेतले बीरेन्द्रनगरमा बहुआयमिक व्यक्तित्व बिपि र वर्तमान सन्दर्भ बारे अभिमुखिकरणको आयोजना गरेको छ।

कार्यक्रमका सहभागीले विपीले देखाएको बाटो र सिद्धान्तको बाटोमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

उनीहरुले गुट उपगुट बनाउन तर्फ नभइ साच्ची कै परीवर्तन गर्न सक्ने क्षमता भएका युवालाइ प्रशिक्षणका माध्यमबाट अगाडी ल्याउनुपर्नेमा जोड दिएका हुन।

कार्यक्रममा नेपाली काग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले अहिले मंहगी आकासिएको र सरकारले संचार लगाएतका शुल्क समेत बढाएको भन्दै चुनाबी नारा बिपरित काम गरेको बताउनु भयो।

जुम्लामा डा.गोविन्द केसीका अनसनका क्रममा चिकित्सक नर्स बिद्थार्थी हरुमाथी अमानवीय क्रुर व्यवहार गरेको बताउनु भयो।

क्षेत्रीय सभापति नारायण कोइरालाले समसामयीक वर्तमान राजनितीका अवस्थाका बारेमा अभिमुखीकरण गर्नुभएको छ ।

उहाँले संसदमा दुई तिहाइ बहुमत प्राप्त बलियो र स्थिर सरकारको राष्ट्रियताको अडान बनावटी प्रमाणित भन्दै यो सरकाले प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका मान्यता विपरीत काम गरेको बताउनु भयो ।

विपीको दार्शनिक विषयका बारेमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल र विपीको साहित्यिक विधामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक सुरेन्द्र पोख्रेलले अभिमुखीकरण गराउनु भएको छ ।

यसैबिच नेपाली कांग्रेसले नेपाली कांग्रेसले देशव्यापी रुपमा साउन १५ गते बिरोध प्रदर्शनको कार्यक्रमको घोषणा गरेको छ ।

माथेमा आयोगको भावना अनुसार चिकित्सा शिक्षा बिधेयक  ल्याउनु पर्ने लगाएतका माग गर्दै बिरोध कार्यक्रम घोषणा गरेको कांग्रेसले जनाएको छ ।

Share.

About Author

Leave A Reply