सुर्खेत, भदौ १२ – सुर्खेतका जनप्रतिनिधिहरुले स्थानीय सरकार भ्रष्टाचार मुक्त बनाउने सामुहिक प्रतिवद्धता जनाएका छन ।गैर सरकारी संस्था महासंघले वीरेन्द्रनगरमा गरेको नागरिक सम्मान कार्यक्रममा उनीहरुले सामुहिक रूपमा स्थानीय सरकारलाई सुशासन कायम गर्ने र भ्रष्टाचार मुक्त बनाउने प्रतिवद्धता जनाएका हुन।कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश महेश शर्मा पौडेलले जनप्रतिनिधिमा संघीय लोकतन्त्र बचाएर आफ्नो क्षेत्रमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त क्षेत्र बनाउने जिम्मेवारी थपिएको बताउँनु भयो ।उहाँले प्रदेश नम्बर ६ लाई भष्टाचार मुक्त प्रदेश बनाउन जनप्रतिनिधिहरुको ठुलो भुमिका रहने उल्लेख गर्नुभयो ।यस्तै कार्यक्रममा जिल्ला समन्यव समितिका संयोजक छविलाल सिग्देलले जनमुखी भएर काम गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।
सुर्खेत प्रदेश नम्बर ६ को सम्भावित राजधानी भएकाले यसलाई भ्रष्टाचार मुक्त जिल्लाको रुपमा स्थापित गरी नमुना प्रदेश बनाउन जनप्रतिनिधिको अहम भुमिका रहेको सिग्देलको भनाइ छ।वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकारलाई भ्रष्टाचार मुक्त र बलियो बनाउन जनतासंगको सहकार्य र समन्यवको खाचो रहेको बताउँनु भएको छ।जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले स्थानीय सरकारले पूर्ण रुपमा अधिकार पाएकोले जिल्लालाई भ्रष्टाचार मुक्त बनाउने भुमिका पनि जनप्रतिनिधिकै रहेको बताउँनु भयो ।कार्यक्रममा सुर्खेतका पाँच वटै नगरपालिकाका प्रमुख र उप–प्रमुख तथा चार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई सम्मान गरीएको छ ।
भ्रष्टाचारमुक्त जिल्ला बनाउँने सुर्खेतका जनप्रतिनीधिको प्रतिबद्दता
0
Share.