साउन १४ सुर्खेत,जिल्ला मालपोत कार्यालय सुर्खेतले अघिल्लो आर्थिक बर्षमा लक्ष्य भन्दा ४४ प्रतिशत बढी राजश्व उठाएको छ।
जिल्ला मालपोत कार्यालय सुर्खेतले २८ करोड ५४ लाख ५१ हजार ६५१ राजश्व संकलन गरेको जनाएको छ।
कार्यलयले जग्गा रजिष्ट्रेसनबाट ११ करोड राजश्व उठाउने लक्ष्य राखेको २७ करोड ८७ लाख ४७ हजार ६९५ राजश्व संकलन गरेको जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो।
जग्गा राजीनामा, अंशबण्डा, सट्टापट्टा, छोडपत्र, संगोलमा, दर्ताफारी, अंश भर्पाई, दृष्टिबन्धक बाट राजश्व संकलन भएको बताउनुभयो।
नाताभित्र तथा बाहिरको बकसपत्र, पतिपत्नीको संगोलनामा, बण्डाफारी र दानपत्रजस्ता लिखत पारितबाट २७ करोड ८७ लाख राजश्व संकलन भएको प्रमुख प्रोखरेलले बताउनुभयो।
मालपोत अधिकृत पोखेरलका अनुसार सबैभन्दा बढी जग्गा राजीनामाबाट २३ करोड ३४ लाख राजश्व संकलन भएको बताउनुभयो।
यस्तै धितो बन्धकबाट दुई करोड, नाता भित्रको बकसपत्र पारितबाट एक करोड १७ लाख राजश्व संकलन भएको हो।
सुर्खेत राजधानी तोकिएसंगै त्यस प्रतिको आकर्षण बढेकाले राजश्व संकलन लक्ष्यभन्दा बढि उठेको कार्यलयको भनार्इ छ।
गत वर्षभन्दा २०–२५ प्रतिशत जग्गाको मूल्याङ्कन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले लक्ष्यभन्दा बढी राजश्व संकलन भएको बताइएको छ।