मेक्सिकोमा शक्तिशाली भूकम्पः १४० को मृत्यु

0

असोज ४ –मेक्सिकोमा शक्तिशाली भूकम्पम परी ज्यान गुमाउँनेको संख्या १ सय ४० पुगेको छ।मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्याेएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन्। अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन्।
मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन्। मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ। सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो।यो भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक रहेको छ भने राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर टाढा पर्दछ।

Share.

About Author

Leave A Reply