सुर्खेत, पुस १६ –एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर वारियर्सले उचालेको छ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले हराउँदै सनसनीपुर्ण जित हासिल गरेको हो।जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमा समेटीएपछी उपबिजेतामा चित्त बुझाउँनु पर्यो।भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको भए पनि अनिल साहले ४ बलमा २ विकेट लिँदै विराटनगरलाई जिताउँन सफल हुनु भयो।साहले अन्तिम ओभरको दोश्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गर्दा चौथो बलमा भुवन कार्कीलाई कप्तान पारस खड्काले खाता नै खोल्न नदिई रन आउट गर्नु भयो।पाँचौ बलमा पुनित मिश्र पनि खाता नै नखोल्दै साहकै बलमा आउट भएपछि विराटनगरलाई जित सहज भएको हो।अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त हुन सकेन।भैरहवाका लागि कप्तान शरद भेषावकर विष्फोटक व्याटिङ गर्दै ५२ रन बनाए पनि टिमलाई जिताउन सक्नु भएन।प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाएर खेल सहज स्थीतिमा पुगेको बेला पुछारका ब्याट्सम्यान चल्न नसक्दा भैरहवा पराजित भयो । यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाउँनु भएको थियो। उपाधि बिजेता बिराटनगरले २१ लाख रूपैया हात पारेको छ।
र्इपिएलमा बिराटनगरलार्इ सनसनीपूर्ण उपाधि
0
Share.