सुर्खेत चैत ५- सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागिले संवीधान कार्यन्वयनकालागि समय मै तिन वटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलाइन्स प्रदेश नम्बर ६ जिल्ला शाखा सुर्खेतले गरेको कार्यक्रमका सहभागिले सबैले यस्तो बताएका हुन।उनीहरूले संविधान कार्यान्वयनकालागि नागरीक,राजनैतिक संवाद कार्यक्रमका सहभागिले यस्तो जोड दिएका हुन ।कार्यक्रमका नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले संविधानले सबैलाइ समेटेको भन्दै संविधानको कार्यान्वयनमा लाग्न सबै राजनितीक दल लगाएत सबै नागरीकलाइ आग्रह गर्नुभएको छ। उहाँले चुनाव पछि जनमत आउने भन्दै चुनाब पछि संविधान कार्यान्वयन गर्नु बाटो सहज हुने दाबी पनि गर्नुभयो ।महिलालार्इ हरेक ठाउँमा ५० प्रतिशत सहभागिता गराउनकालागि उनीहरूलार्इ उचित अवसर दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एलाइन्स केन्द्रिय अध्यक्ष मिनबहादुर शाही ,एलाइन्सका कार्यबहाक अध्यक्ष पवीत्रा शाही ,राष्टिय महिला सुरक्षा दबाबका केन्द्रिय महासचिव एराधा गौतम ,सामाजिक सेवा विभाग प्रमुख डा. विजय सुब्बा, नेकपा एमाले सुर्खेतका अध्यक्ष धुव्रकुमार शाही ,नेपाली काग्रेस सुर्खेतका टेक बहादुर सिंह, राप्रपा सुर्खेतका अध्यक्ष मानबहादुर खट्का,पत्रकार महासंघका कोषाध्यक्ष सुर्यमणी गौतम लगाएतले आफ्ना भनाइ राख्नु भएको छ।कार्यक्रम मानव अधिकार एलाइन्स प्रदेश नम्बर ६ का संयोजक तथा केन्द्रिय उपाध्यक्ष शुरेश कुमार गौतको अध्यक्षतामा सम्पन्न भएको हो।