असार २६- सुर्खेत। शिक्षा मन्त्रालयले सुर्खेतका ३ वटा सामुदायिक विद्यालयहरुलाई नमूना घोषणा गरेको छ शिक्षा मन्त्रालयको सचिवस्तरको बैठकले जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मूल्याङकन तथा शिक्षा विभागको स्थलगत अवलोकन सहितको मूल्याङकन प्रमाणिकरणका आधारमा नमूना घोषणा गरेको हो ।निर्वाचन क्षेत्र नंम्बर १ बाट नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, गुर्भाकोट- , निर्वाचन क्षेत्र नंम्बर २ बाट जन माध्यामिक विद्यालय वीरेन्द्रनगर- र क्षेत्र नंम्बर ३ बाट जनज्योती माध्यामिक विद्यालय कुनाथरी, बड्डीचौर नमूना विद्यालय घोषित भएका हुन्।मन्त्रालयले जिल्ला शिक्षा कार्यालयलाई नमूना विद्यालयका रुपमा छनौट भएका विद्यालयहरुलाई आर्थिक वर्ष ०७३/०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भएअनुसारको अनुदान निकास गरिदिन निर्देशन समेत गरेको छ ।देशैभरबाट यसपटक १६७ वटा सामुदायिक विद्यालयहरु नमूना विद्यालयका रुपमा छनौट भएको शिक्षा विभागले जनाएको छ ।
सुर्खेतका तीन सामूदायिक बिद्यालय नमुना घोषित ।
0
Share.