सुर्खेतको चौकुने गाँउपालीकाको केन्द्र बिजौरा हुनुपर्ने स्थानियको माग ।

0

चैत-४-सुर्खेत, सुर्खेतको चौकुने गाँउपालीकाको केन्द्र बिजौरा हुनुपर्ने माग गर्दै स्थानियले सरकारलार्इ ज्ञापन पत्र बुझाएका छन ।उनिहरुले जिल्ला समन्वय समिति सुर्खेतका सचिब अमृत लम्साललाइ ज्ञापन पत्र बुझाउदै जसरी भएपनी चौकुने गाँउपालीकाको केन्द्र बिजौरा नै हुनपर्नेमाग गरेका छन।सघंर्ष समितिका अध्यक्ष लक्षम्ण आलेले पहिलेको सहमति विपरित संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले एकलौटी ढङगबाट गुटु केन्द्र बनाएको भन्दै आपत्ति जनाउनु भयो ।उहाँले बिजौरा सबैठाँउको पायक पर्नुका साथै जनसंख्या र भुगोलको हासिबले पनि धेरै भएकाले बिजौरा नै केन्द्रहुनुपर्ने बताउन भयो। समिति अध्यक्ष आलेले आफुहरुका माग तत्काल सम्बोधन नभए थप संघर्षका आन्दोलन गर्ने चेतावनी दिनुभयो।स्थानियले आफुहरुको सेवा सुविधालाइ बन्चित गरेर भएको निर्णय आफुहरुकोलागी मान्य नभएको बताएका छन ।प्रमुख जिल्ला अधिकारी माहादेब पन्तले आयोग विघटन भएका कारण समस्या समाधान गर्न अफ्ठाएरो भएको भन्दै  स्थानिय स्तरबाटै चुनिने जनप्रतिनिधिले नै यसको केन्द्र तोक्ने बताउनु भयो। ज्ञापनपत्र बुझँदै जिल्ला समन्वय समितिका समन्वय अधिकारी लम्सालले अहिले बनाइएका केन्द्र अस्थायी भएको चर्चा गर्दै यसको टुङगो मन्त्रालयमा लगाउने भएकाले यसकालगी मन्त्रालयमा पठाइने  भयो।

 

Share.

About Author

Leave A Reply