साउन २३सुर्खेत।सुर्खेतको पञ्चपुरी नगरपालिकामा सर्पले डसेर एक किशोरीको ज्यान गएको छ।पञ्चपुरी नगरपालिका–१०, जामुका १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा ज्यान गएको प्रहरीले जनाएको छ।जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएका हरिकलालाई सर्पले डसेपछि स्वास्थ्यचौकी नलगि झारफूक गर्दागर्दै मृत्यु भएको हो।बिहान ५ बजेतिर ई सर्पले झारफूक गर्दै गर्दा ८ बजेतिर उहाँको मृत्यु भएको हो।उहाँ स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा–८ मा अध्ययनरत् हुनुहुन्थ्यो।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा सर्पले डसेर एक किशोरीको मृत्यू।
0
Share.