साउन ८ सुर्खेत
पुर्वी सुर्खेतको सिम्ता गाँउपालिका ५ आलीमा पहिलो पटक बिद्यूत सेवा बिस्तार भएसंगै स्थानिय खुशी भएका छन।
दुर्इ बर्ष पहिले गाडेका पोल बजेट अभावमा यस अघि लाइन बिस्तार हुन सकेको थिएन।
गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन करोड रकम बिनियोजन गरेर विद्युत विस्तारलाई तीव्रता दिएसंगै गाँउमा बत्ति बलेको हो।
आलीमा बिजुली विस्तार भएसँगै अब सिम्ताका करिब साढे पाँच हजार घरधुरीरमा अबको चार वर्षभित्र सबैको घरमा बिजुली पुर्याउने गाँउपालिकाको लक्ष्य छ।