भदौ-१३ अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले गत आर्थिक बर्षमा ३ जनालाई घुस रकम सहित रंगेहात पक्रेको जनाएको छ ।
पक्राउँ परेका ३ जनाबाट २ लाख १४ हजार रकम पनि जफत भएको सुचना अधिकारी मेघराज खड्काले बताउँनु भयो ।प्रारम्भिक छानविनका क्रममा २४ लाख ११ हजार ९ सय ५१ र विस्तुत अनुसन्धानवाट १३ लाख २८ हजार ६ सय १४ गरी कुल ३७ लाख ४० हजार ५ सय ६५ रुपैया असुल उपर भएको उहाँले बताउँनु भयो ।विस्तुत अनुसन्धानकालागी ३६ वटा उजुरी रहेकोमा ११ वटाको प्रतिवेदन पेश भएको र २५ वटा अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।आर्थिक बर्ष २०७३–०७४ मा ६ सय ३३ वटा उजुरी दर्ता भएकोमा ३ सय ९३ वटाको फछ्यौट भएको छ ।२ सय ४० वटा उजुरी फछ्यौट हुन बाकी रहेको छ ।
गएको आर्थिक बर्षमा सबै भन्दा बढी सुर्खेतका १ सय ३३ वटा उजुरी परेकोमा १ सय ३३ वटा फछ्यौट भएको कार्यालयले जनाएको छ ।यस्तै जाजरकोटका १ सय १,कालिकोटका ९९,दैलेखका ६९ वटा,हुम्लाका ४७, मुगुका २८ र जुम्लाका ४१,डोल्पाका २२,रुकुमका ४२,सल्यानका २५वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।गएको आर्थिक बर्ष अख्तीयारमा परेका उजुरीहरुमध्ये सबै भन्दा बढी शिक्षासंग सम्बन्धित २ सय ६३ वटा रहेकोमा १ सय ६८ वटाको फछ्यौट भएको छ ।त्यसपछी संघिय मामिला तथा स्थानीय बिकाससंग सम्बन्धित १ सय २१ रहेका छन ।