सुर्खेतमा शतप्रतिशत चर्पीको पहुँच पुगेको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयको दाबीः

0

साउन १ सुर्खेत , क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतले सुर्खेतमा शतप्रतिशत चर्पीको पहुँच पुगेको दाबी गरेको छ ।

जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा कार्यालयले आर्थिक वर्ष  २०७४÷०७५ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कूल ७२ हजार ८६३ घरधुरीमा घरायसी चर्पीको पहुँच शतप्रतिशत पुगेको जनाएको छ।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसेनले खानेपानी सेवा उपलव्धता ९१ प्रतिशत पुगेको बताउनु भयो ।

६५ हजार ९७५ घरधुरीमा खानेपानी सेवा उपलव्ध भएको उहाँको भनार्इ छ।

यस्तै जिल्लामाका २४ स्थानमा सार्वजनिक चर्पी निर्माण भएको र अझै केही स्थानहरुमा निर्माण हुने क्रम जारी रहेको उहाँको भनार्इ छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले विद्यालयहरुको अवस्था विजोग रहेको भन्दै विद्यालयबाटै सरसफाईको सुरुवात गर्नुपर्ने बताउनु भयो ।

प्रमुख देवकुमार सुवेदीले सरसफाईको क्षेत्रमा काम गर्ने स्थानीय तह र गैरसरकारी संघसंस्थाहरुले समन्वयका साथ योजनाहरु अगाडि बढाउनुपर्नेमा जोडदिनुभयो ।

बैठकमा प्रत्येक स्थानीय तहले एकएक वटा खानेपानीको आयोजना माग गर्ने, बर्षायाममा विपदको जोखिम बढी हुने हुँदा सतर्क रहन सचेत गराउने लगायतका ७ वटा निर्णय भएका छन् ।

बैठकमा पंचपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा,चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, जिल्ला वन अधिकृत हेमराज विष्ट लगायतले सुझाव दिनुभएको छ ।

 

 

Share.

About Author

Leave A Reply