संसद सचिवालयले बीरेन्द्रनगरमा शान्ति प्रकृया र संविधान कार्यान्वयनबारे अन्तरक्रिया गर्यो।

0

पुष–६ सुर्खेत ।संविधान कार्यान्वयन र शान्ति प्रकृयाका बाँकि काम टुंगो लगाउन तिब्र गतिमा काम गर्नुपर्ने सरोकारवालले औंल्याएका छन।व्यवस्थापिका संसद सचिवालयले बीरेन्द्रनगरमा गरेको शान्ति प्रकृया र संविधान कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागिले यसबारे ऐन कानुन बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन।एक दशक लामो सशत्र द्वन्दका क्रममा प्रभावित भएका पिडिकालागी न्याय आकाशको फल जस्तै भएको भन्दै उनीहरूले पिडितलाइ तत्काल न्याय दिलाउनु पर्नेमा जोड दिएका छन।मध्यपश्चिम बिश्वबिद्यालयका पूर्व डिन पिताम्बर ढकालले सबैको साथले समस्या समाधान गरीए मात्र शान्तिी र संविधान कार्यान्वयन भएको भन्न सकिने बताउनु भयो।यस्तै गैरसरकारी संघका हरि अधिकारीले शान्ति प्रकृयालाइ पुर्णता दिन कुनै संरचनाको विकास नभएको भन्दै अव संसद सचिवालय मार्फत शान्ति प्रकृयासाग सम्बन्धित स्थायी संरचनको विकास हुनुपर्ने बताउनु भयो।जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक बलवीर सुनारले विद्यालय शान्ति सम्बन्धि पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनु भयो।गुर्भाकोट नगरपालीका सुर्खेतका प्रशासकिय अधिकृत कुलबहादुर विसीले डण्ड हिनतालाइ प्रसय दिदै जाने या त सधै समृद्धि र सुशासनका बाटोमा लाग्नुपर्ने हो यसका लागी सबैले सोच्न जरुरी भएको बताउनु भयो।प्रमुख जिल्ला अधिकारी सतिाराम कार्कीले सबैकालागी आवश्यक निति निर्माण गर्ने ठाउँमा सरोकारवाला निकायले दिएका सुझाव पुग्ने भन्दै अब सबैले शान्तिको महसुस गर्ने बताउनु भयो।व्यवस्थापिका संसद सचिवालयका सहसचिव मुरारी महतले सहभागीहरुले शान्ति प्रकृया र संविधानका कार्यान्वयनका कामहरु प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनकालागी सुझाव संकलन गरीएको बताउनु भयो।उहाँले छलफलका माध्यमबाट संकलन गरीएका सुझावलाइ संघिय संसदमा पेश गर्ने बताउनु भयो।कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल लगाएत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिभीको सहभागिता रहेको छ।

Share.

About Author

Leave A Reply