वैशाख–१३मुगु।मुगुको पर्यटकिय केन्द्र रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषर्ण बढे पछि तालवरिपरी घुमफिरकालागि पछिल्लो समयमा घोडा चढाएर घुमाउने व्यवसाय फस्टाउन थालेको छ।व्यवसाय फस्टाउँदैं गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका ८ झ्यारी र ९ मुर्मा गाँउकाप्रत्येक घरले यो व्यवसाय गरीरहेका छन।व्यावसायीहरु ताल्चाविमानस्थल देखि रारा तालको हुटु ब्यारेक सम्म २ हजार देखी २५ सय सम्म र हुटु ब्यारेक देखीमुर्मा टप सम्म २ हजार,रारा तालको वरीपरी घोडा बाट घुमाए पछि २५ सय सेवाशुल्कलिने गरेका  छन्।घोडा चढाएर आन्तरिक तथाबाह्यपर्यटक घुमाउँदा ३० देखि ४० हजार मासिक आम्दानी हुने गरेको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ का स्थानीयवासी हरि रावलले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply