कृषि तथा सहकारी मन्त्रालयद्वारा आर्थिक वर्षको कार्यक्रम सार्वजनिक ।

0

भदौ १६ सुर्खेत।भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले यो आर्थिक वर्ष २०७५ /०७६ का लागी साढे २ अर्ब भन्दा बढि बजेट विनियोजन गरेको छ।अर्गानीक प्रदेश निर्माणकालागि पशुपालनलाई प्राथमिक दिने उद्घोष सहित मन्त्रालयले २ अर्व ५५ करोड बढिको बजेट सहित वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले अर्गानीक प्रदेश बनाउनकालागि विज्ञसगको छलफल र अध्ययनलाई प्राथमिकतामा राखिएको बताउनु भयो।मन्त्रालयले अर्गानिक प्रदेशको आवश्यक तयारीकालागि १२ करोड ५० लाख विनियोजन गरेको छ।यस्तै कृषि, पूर्वाधार विकास कार्यक्रममा ३५ करोड, एक निर्वाचन क्षेत्र एक पकेट कार्यक्रमका लागि १२ करोड, एक जिल्ला दुई पकेट कार्यक्रमकालागि १० करोड र हाइटेक नर्सरी स्थापनाका लागि २४ करोड बजेट विनियोजन गरेको छ।त्यस्तै माछामासु तथा दुग्ध प्रवद्र्धन कार्यक्रममा २ करोड, उत्पादन प्रोत्साहन कार्यक्रममा ५ करोड, फलफूल प्रवद्र्धन कार्यक्रममा २ करोड, नगदेबाली विकास कार्यक्रममा ३ करोड विनियोजन गरेको छ।यस्तै लक्षित वर्ग विशेष कार्यक्रममा ७ करो र मागमा आधारित कार्यक्रममा सात करोड बजेट बिनियोजन गरिएको छ।मन्त्री केसीले सहकारीहरुको विकास र उन्नतीकालागि मन्त्रालयले आवश्यक समन्वय गर्ने भन्दै सहकारीका नाममा जनता ठग्ने सहकारीलाई कारबाही गर्ने बताउनु भयो।अनुदान लिएर अनुदानको प्रतिफल देखाउन नसक्ने संघसंस्थालाई पनि निगरानी गरी आवशयक कारबाही गरिने मन्त्री केसीको भनाई छ।

Share.

About Author

Leave A Reply