रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेटमा आज दुइ खेल हुंदै।

0

१३ पुष सुर्खेत ।रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेटमा जाजरकोट र सल्यान विजयी भएका छन।जाजरकोटले जुम्लालाई ४९ रनले हराएको हो।टस हारेर ब्याटिङको निम्तो पाएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको हो।जाजरकोटका लागि प्रणव भडेलले अर्धसतकिय पारी खेल्नुभयो।उहाँले ५४ रन बनाउदै नटआउट रहनुभयो भने सुमन गुरुङले १५ रन बनाउनुभयो।१ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जुम्ला १३ दशमलव ४ ओभरमा ६६ रन मात्र बनाउन सक्यो।जुम्लाका कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन।यस्तै आजै भएको अर्को खेलमा सल्यानले कालिकोटलाई ६१ रनले पराजित गरेको छ।टस जितेर ब्याटिङ रोजेको सल्यानले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको थियो। १ सय ८० रन बलियो विजयी लक्ष पछ्याएको कालिकोट १९ दशमलव २ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो।प्रतियोगीतामा आज आयोजक रुकुम र सल्यान तथा सुर्खेत र जाजरकोट खेल्ने छन् ।

 

 

 

Share.

About Author

Leave A Reply