नेपाली काँग्रेस सुर्खेतले साविकको काफलकोट गाँउकार्य सिमितमा पाटीका सक्रिय सदस्यहरुलाइ सदस्यता परिचय पत्र बितरण गर्याे।

0

२५ पुष सुर्खेत ।नेपाली काँग्रेस सुर्खेतले साविकको काफलकोट गाँउकार्य सिमितमा पाटीका सक्रिय सदस्यहरुलाइ सदस्यता परिचय पत्र बितरण गरेको छ।काफलकोटमा एक कार्यक्रमको आयोजना गरेर पाटीका कार्यकर्ताहरुलार्इ सदस्यता वितरण गरिएको हो।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले अहिलेको सरकार हत्या हिसा गर्नेहरुलार्इ संरक्षण गर्न लागी परेको आरोप लगाउनु भयो।उहाँले सरकारले अहिले सम्म पनि कन्चनपुरका निर्मला पन्तको हत्यारा पत्ता लागउन नसकेको भन्दै सरकार हत्याको खोजी गर्न नभएर्इ संरक्षण गर्न लागेको उल्लेख गर्नुभयो।नेता थानिले फौजदारी अभियोग लागेका रेशम चौधरीलार्इ सपथ खुवाएको भन्दै सरकारबाट अहिले सम्म कुनै पनि काम सन्तोजन नभएको बताउनुभयो।पुर्वमन्त्री समेत रहनु भएका नेता थानीले सरकारलार्इ सत्ता संञ्चालनमा ढङग नपुगेको भन्दै उखान टुक्काले मात्र देश संञ्चालन नहुने बताउनुभयो।कार्यक्रममा काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले भएका विकास निर्णमका काम पनि अहिलेको सरकारले राजनिति पुर्वाग्रहको रुपमा हेरेको बताउनुभयो।उहाँले सबै नेता कार्यकर्तालार्इ जनताको सेवामा लाग्न अपिल गर्दै काँग्रेसले गरेको कामको बारेमा जनतालार्इ जानकारी गराउन आग्रह गर्नभयो।कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका उपसभापति टेकबहादुर सिहँ, क्षेत्रिय सभापति द्वय नारायण कोर्इराला, खड्क प्रोखरेल नेता डण्ड ढकाल र ललित भटरार्इले संगठन निर्माण जट्न नेता तथा कार्यकर्तालार्इ आग्रह गर्नुभयो।कार्यक्रमम साविक काफलकोट गाँउ कार्य समितिका सभापति हरिसिहँ ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

Share.

About Author

Leave A Reply