कर्णाली सरकारको निति तथा कार्यक्रम सार्बजनिक।

0

जेठ-२२ सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

शिक्षाँ, स्वास्थ्य, उत्पादन र रोजगार त्यसकालागी पुर्बाधार भन्ने नाराको साथ आगामी आर्थिक बर्ष बर्षको लागी नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ।

कर्णाली सरकारले कर्णाली प्रदेशमै पोषाक उत्पादन गरि त्यसलाइ सरकारी कार्यलय तथा विधालय पोषाकको रुपमा स्थापित गर्न पहल गरिने भएको छ।

कर्णालीको राजधानी बीरेन्दनगरको खानेपानी समस्या समाधान र सिचाइकोको लागी चिङगाड, भेरी, लोहोरेखोला र कर्णालीबाट पानी ल्याउन उचित पहल गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कर्णाली प्रदेशमा रहेका कृषिजन्य वस्तुलाइ उत्पादनमा बृद्दिगरी प्राङगारिक खेतिलाइ प्रथामिकता दिने निति लिएको छ।

कर्णालीवासीलाइ स्वास्थ्यक्षेत्रको पहुँचमा पुर्याउन बीरेन्दनगरमा रहेको प्रदेश अस्पताललाइ तिनसय शैयाको शिक्षण अस्पतालको रुपमा विकास गरिने भएको छ।

सरकारको निती तथा कार्यक्रममा कामगर्ने उमेर पुगेका व्यक्रीहरुलाइ सिप,उधमशिलता र ॠण उपलब्ध गराइ स्वरोजगार मुलक कार्यक्रम संञ्चालन गरिने भएको छ।

निति तथा कार्यक्रममा नैतिक, व्यवसायीक र बैज्ञानिक शिक्षाकोलागी कर्णालीको मौलिक विशेता सहितको जीवन उपोगी पाठ्यक्रम विकासगरी प्रदेशका सबै विधालयमा लागु गरिने भएको छ।

खेलकुद क्षेत्रको विकासको लागी कर्णाली खेलकुद विकास परिषद गठन गर्ने,उच्च हिमाली जिल्ला लगायत अन्य क्षेत्रमा बहुउदेश्यय रंगशाला निर्माण गरिने निति तथा कार्यक्रममा समाबेश गरिएको छ।

कर्णालीमा राष्ट्रिय तथा वैदेशिक लगानी आकर्षण गर्न आउँदो पुस मसान्तभित्र लगानी सम्मेलन गरिने भएको छ।

प्रदेश सरकारले अधिकांश पुरानै नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिएको छ।

कर्णाली सरकारले अघिल्लो बर्ष पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको थियो।

Share.

About Author

Leave A Reply