साउन १६,सुर्खेत- १३ औं दक्षिण एसियाली खेलकुद साग लक्षित बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाण्डौ र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौँ राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

आजदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि झण्डै एक हजारदेखि १५ सय जना खेलाडी प्रशिक्षणमा सहभागी हुने बताइएको छ।

केही खेलका खेलाडीहरुलाई देशभित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताउनुभयो।

बन्द प्रशिक्षणका लागि पहिलो चरणमा पदक जितेका खेलाडीहरुलाई बोलाइएको उहाँले बताउनुभयो।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

जसमा ३ सय ३० जना पुरुष र ३ सय १४ जना महिला खेलाडी हुनेछन्।

 

 

Share.

About Author

Leave A Reply