आज हरितालिका तिज।

0

भदौ १६ सुर्खेत,भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व  आज  सुर्खेत सहित देशैभर देवादि देव महादेवको पूजा आराधना गरी मनाइदै छ।

यसअवसरमा सुर्खेतको लाटीकोइली कालुङचोक लगाएतका ठाउँमा रहेका शिवालयमा पनि बिहानैदेखि पूजा अर्चना गर्न वत्रालु भक्तजनहरुको चलपहल सुरु भएको छ।

सत्ययुगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनकालागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ।

यसदिन महिलाहरु सौभाग्य सुचक धागो पोते, टीका-गरगहना, रङ्गीचङ्गी कपडा, लगाएर भगवान शिवको पूजा आरधना  गर्छन  ।

यस्तै माइतमा जम्मा भएर वा सामूहिक रुपमा तिज सम्बन्धी गीत, भजन र चुट्का गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

यो पर्वमा कतिपय वर्तालुहरु पानी समेत नखाई र केहिले अन्न नखाइ शिवको पूजा-आराधना गर्छन ।

चिकित्सकहरुले भने आफ्नो स्वास्थ्य अवस्था हेरेरमात्र व्रत बस्न सुझाव दिएका छन।

यस्तै धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत हुने भन्दै स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने बताउनु भयो ।

विहवाहित महिला आफ्ना पतिको दिर्घायु , सुस्वास्थ्यको कामना र अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने चलन रहेको उहाँको भनाइ छ।

यस दिन जलसमेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन राती अबेरसम्म नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने चलन छ।

बीरेन्दनगरको खुल्लामञ्चमा तिज सद्भभाव मेला

बागिना समुह सुर्खेतले हरेक वर्ष झै यो वर्ष पनि हरीतालीका तिज सद्भाव मेला २०७६ को आयोजना गरेको छ।

सुर्खेतको खुलामञ्चमा हुने तिज कार्यक्रममा मौलीक तिज गित ,मौलिक भेषभूषा, नृत्य समुह छनोट गरिने भएको छ।

चार वटा विधा नृत्य ,गायन, भेषभूषा र बाद्यबादनमा प्रतियोगिता हुने मेलाका संयोजक सिता भण्डारीले जानकारी दिनुभयो।

विभिन्न संघसस्था, सामाजिक विकास मन्त्रालय, नगरपालीका लगायतको सहयोगमा प्रतियोगिहरुलाइ नै पुरस्कार प्रदान गरीने बताउनु भयो।

कार्यक्रममा सुर्खेती कलाकारहरुले यस्ता खाल्का मेला महोत्सवले संस्कृति जगेर्ना गर्नमा महोत्वपुर्ण योगदान दिने बताएका छन।

श्रष्ठाहरुले तिज मनाउने चलनमा परिबर्तन भएको नाममा तड्कभडक निम्तिएको भन्दै चिन्ता जनाएका छन।

बरीष्ठ कलाकार प्रेमदेव गिरीले हिन्दुरहरुको संस्कृतिसंग जोडिएको तिजलार्इ सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोडदिनुभयो।

यस्तै अर्का बरिष्ठ कलाकार गंगा केसीले प्रतियोगितामा जेष्ट महिला तथा बालबालीकाको एकल प्रतिभालाइ समेत छनोट गरीने भएकाले सहभागिताको लागी सबैलार्इ आब्हान गर्नुभयो।

 

 

Share.

About Author

Leave A Reply