ठगी गरेको आरोपमा सुर्खेतबाट एकजना पक्राउ
सुर्खेत-२६ चैत ।प्रहरीले लोक सेवा लगायतका परीक्षाहरूमा पास गराइदिन्छु भन्दै करोड बढी रकम ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाटएक जनालाई पक्राउ गरेको छ।
प्रहरीले दैलेख भगवतिमाई गाउँपालिका—७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने २२ वर्षीय पवन विक लार्इ पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढ्थापाले किटानी जाहेरीका आधारमा उहाँलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
विकले लोक सेवा, प्रहरी लगायत अन्य परीक्षाहरूका अन्तर्वार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भनेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
खोजतलास गर्दा प्रहरीले पवनलाई वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो।
ठगी मुद्दामा अनुसन्धान गरिरहेको भन्दै डीएसपी बुढ्थापाले अहिले एक जनाको उजुरी भए पनि उनीबाट ठगिनेहरू धेरै रहेको पाइएको बताउनुभयो।
पीडितहरूलाई सम्पर्कमा ल्याउने काम भइरहेको पनि उहाँले बताउनुभयो।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण
# भेरी खबर
१४ श्रावण, २०८३
साउन -१४ सुर्खेत।कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले
वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने
# भेरी खबर
१२ श्रावण, २०८३
साउन -१२ सुर्खेत। वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि इलेक्ट्रोनिक
कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट
# भेरी खबर
२ असार, २०८३
असार-२ सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ , ८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको




प्रतिकृया दिनुहोस