• २९ भदौ २०८३ सोमबार/ Monday 9-14-2026
  • स्टुडियो टाईम : ०९:४०
  • ON AIRSongs
  • UP NEXTSongs

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

असार-२ सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ , ८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । 
चालु आर्थिक वर्षको तुलनामा ७।२८ प्रतिशतले वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताउनुभयो। 
कर्णाली प्रदेशसभा बैठकमा शाहले पेस गरेको बजेटमा आगामी वर्षका लागि चालुतर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार ९२४।३१ प्रतिशत०, पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ हजार १२ हजार ९५८।३१ प्रतिशत० र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार ९१५।६७ प्रतिशत० रुपैयाँ विनियोजन गरिएको छ ।  
सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ ८५ करोड ५ लाख ९० हजार र चालु आर्थिक वर्षमा खर्च नभइ बचत हुने अनुमानित रकम ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार रुपैयाँ बजेट परिचालन गर्नेछ।
उहाँले संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ १० अर्ब ६६ करोड ८५ लाख ४९ हजार, वित्तीय समानीकरणतर्फ १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६७ करोड २५ लाख रुपैयाँ अन्दुान प्राप्त भएको बताउनुभयो। 
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फको ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फको ४८ करोड ५६ लाख र वैदेशिक सहायता ९६ लाख रुपैयाँ स्रोत परिचालन हुने उहाँले बताउनुभयो।   
यस्तै,  कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटेको छ । यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा १० अर्ब ९३ करोड ८१ लाख १० हजार बजेट छुट्याइएको छ । 
आगामी आर्थिक वर्षका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई ४ अर्ब ८१ करोड भन्दा बढीको बजेट विनियोजन गरेको छ।
सामाजिक विकास मन्त्रालयको बजेट बढेको छ। आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि यो मन्त्रालयले ६ अर्ब १० करोडभन्दा बढीको बजेट पाएको हो ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ ।  चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि २ अर्ब ५७ करोड बराबर बजेट थियो । 
तर आगामी आर्थिक वर्ष २०८३र०८४ लागि २ अर्ब ५२ करोड ८७ लाख ६८ हजार विनियोजन गरिएको अर्थमन्त्री राजीवविक्रम शाहले बताए ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन २३ करोड रुपैयाँ विनियोजन गरेको छ । 
अस्पतालमा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गर्न थप आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताउनुभयो ।  
मन्त्री शाहका अनुसार दैलेख अस्पतालमा मृगौला डायलासिस सेवा विस्तार गरिनेछ भने जलन उपचारका लागि प्रदेशमै व्यवस्था गर्न ४ करोड रुपैयाँ छुट्याइएको छ । 
यस्तै दसौं खेलकुदका लागि पूर्वाधार विकास गर्न ९ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो। 
त्यसैगरी दसौं खेलकुदको पूर्वतयारीका लागि ५ करोड, प्रदेश रंगशाला व्यवस्थापनका लागि ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण

# भेरी खबर

१४ श्रावण, २०८३

साउन -१४ सुर्खेत।कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार  सम्हाल्नु  भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले

वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने

# भेरी खबर

१२ श्रावण, २०८३

साउन -१२ सुर्खेत। वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि इलेक्ट्रोनिक

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

# भेरी खबर

१५ बैशाख, २०८३

वैशाख १५, सुर्खेत।सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ।  यस अघि सरकारले वैशाख १५

फोटो ग्यालरी