• २९ भदौ २०८३ सोमबार/ Monday 9-14-2026
  • स्टुडियो टाईम : ०९:४१
  • ON AIRSongs
  • UP NEXTSongs

सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा खानेपानी पुर्याउने तयारी

सुर्खेत-२६ चैत। वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा खानेपानी ल्याउने तयारीपछि बसाइँसराइको क्रम रोकिनेमा स्थानीय आशावादी बनेका छन्। 
गाउँबाट करिब तीन किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी ल्याएर आगामी साउनदेखि पानी वितरण गर्ने लक्ष्यसहित ट्याङ्की निर्माण लगायतको काम भइरहेको छ।
गाउँमा पानी आउने भएपछि पानीको अभावमा बसाइँ सर्नेक्रम पनि रोकिनेमा स्थानीय आशावादी बनेका छन्। 
बेलायतका पूर्व गोरखा सैनिकको संस्था का दुरी एग्रिकल्चरल एसोसिएसनको सहयोगमा खारगाडीको तुसारेपानीको मुहानबाट पानी ल्याइँदै छ।
त्यस अघिका दुरी संस्थाका निर्देशक डा। नारायण गुरुङ लगायतको टोलीले स्थलगत अवलोकन गरेको थियो।
रेक्चाका स्थानीय तपेन्द्र बहादुर बुढाक्षेत्रीका अनुसार अहिले पानीका लागि चार वटा ट्याङ्की बनाउने काम भइरहेको छ।
उहाँले डबल लिफ्ट गरेर गाउँमा पानी ल्याउने तयारी भइरहेको बताउनुभयो। 
मुहानबाट २५ हजार लिटरका दुई वटा ट्याङ्कीमा लिफ्ट गरेर पानी ल्याउनुका साथै गाउँको अग्लो डाँडामा ५० हजार लिटरको एउटा ट्याङ्की तथा २५ हजार लिटरको थप एउटा ट्याङ्की निर्माणका लागि बेसमेन्ट निर्माण गरेर सोलिङ गर्ने काम भइरहेको वडा नं। ५ का वडा सदस्यसमेत रहनुभएका बुढाक्षेत्रीले बताउनुभयो।
करिब पाँच करोड रुपियाँ लागतमा पानी ल्याउने काम भइरहेको उहाँले बताउनुभयो।
यस्तै आगामी असार १५ गतेभित्र सबै काम सक्नेगरी काम थालिएको भन्दै उहाँले साउनमा पानी वितरण सुरु गरिने उल्लेख गर्नुभयो। 

प्रतिकृया दिनुहोस

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण

# भेरी खबर

१४ श्रावण, २०८३

साउन -१४ सुर्खेत।कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार  सम्हाल्नु  भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले

वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने

# भेरी खबर

१२ श्रावण, २०८३

साउन -१२ सुर्खेत। वीरेन्द्रनगरमा अवदेखि घरमै बसेर भवन निर्माण अनुमति लिन सकिने भएको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि इलेक्ट्रोनिक

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट

# भेरी खबर

२ असार, २०८३

असार-२ सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ , ८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।  चालु आर्थिक वर्षको

फोटो ग्यालरी