बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात
कात्तिक- १३।बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ ।
पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा भएको छ ।
आज अझ धेरै र ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ।
पर्सि आइतवारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ।
आइतवार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
तर ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर भोलिसम्म हावाहुरी, चट्याङ, हिमआँधी र ठूलो वर्षाको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ।
सम्भावित वर्षा, बाढी पहिरो, चट्याङ र हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न मौमसविद्को आग्रह छ।
सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै
# भेरी खबर
१८ कार्तिक, २०८३
कात्तिक- १६। सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै गएको छ। संक्रमण घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ। हिउँद
मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु
# भेरी खबर
१७ कार्तिक, २०८३
कात्तिक - १६ दैलेख। मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार
कर्णालीको प्राङ्गारिक माटो र रैथाने उत्पादन जोगाउनु पर्नेमा मुख्यमन्त्री शाहीकाे जोड
# भेरी खबर
१६ कार्तिक, २०८३
कात्तिक- १५ सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको प्राङ्गारिक माटो र रैथाने उत्पादन जोगाउनु पर्नेमा जोड दिनुभएको



.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस