कर्णालीको प्राङ्गारिक माटो र रैथाने उत्पादन जोगाउनु पर्नेमा मुख्यमन्त्री शाहीकाे जोड
कात्तिक- १५ सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको प्राङ्गारिक माटो र रैथाने उत्पादन जोगाउनु पर्नेमा जोड दिनुभएको छ।
कृषि अनुसन्धान केन्द्र, दशरथपुरमा भएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षणमा जोड दिनुभएको हो।
उहाले कर्णालीमा जैविक मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्नुपर्ने र कर्णालीकै रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादनमा विशेष जोड दिनु आवश्यक रहेकको बताउनु भयो।
कृषि अनुसन्धानको टोलीले ठूलो मात्रामा जैविक मल उत्पादन, बिक्री तथा वितरण गर्ने गरी आवश्यक अध्ययन र अनुसन्धान अगाडि बढाउन पनि उहाले निर्देशन दिनुभयो।
रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिकालागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाको भनाइ छ।
सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै
# भेरी खबर
१८ कार्तिक, २०८३
कात्तिक- १६। सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै गएको छ। संक्रमण घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ। हिउँद
मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु
# भेरी खबर
१७ कार्तिक, २०८३
कात्तिक - १६ दैलेख। मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार
आज दिउँसोदेखि चक्रवातको प्रभाव कम
# भेरी खबर
१५ कार्तिक, २०८३
कात्तिक-१४ सर्खेत। बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो



.jpeg)
प्रतिकृया दिनुहोस