• २२ कार्तिक २०८३ शनिबार/ Saturday 11-07-2026
  • स्टुडियो टाईम : ०९:४४
  • ON AIR
  • UP NEXT

आज काग तिहार मनाइँदै

कात्तिक- २। नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । 
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । 
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
यसवर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । 
यमदीप दान हिजोदेखि नै शुरु भएको हो। गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।
भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा तथा पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । 
२४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ।
यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ। 
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाकालागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

प्रतिकृया दिनुहोस

नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु

# भेरी खबर

२१ कार्तिक, २०८३

कात्तिक- २०।नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु भएकोछ ।  चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको

जाजरकोट भूकम्पको ३ वर्ष

# भेरी खबर

१९ कार्तिक, २०८३

कात्तिक १८-जाजरकोट। २०८० कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको तीन वर्ष पुगेको छ

सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै

# भेरी खबर

१८ कार्तिक, २०८३

कात्तिक- १६। सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै गएको छ। संक्रमण घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ। हिउँद

↑