• १८ कार्तिक २०८३ मंगलबार/ Tuesday 11-03-2026
  • स्टुडियो टाईम : ०५:५८
  • ON AIR
  • UP NEXTBheri Khabar

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

दैलेख, १४ मंसिर। पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको हो । 
प्रभावित क्षेत्रमा रुख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प निर्माणलगायतका अन्य काम अघि बढाएको खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण प्रवद्र्धन आयोजना प्रमुख दिनेशकुमार नापितले बताउनुभयो । 
विभाग र सडक डिभिजन कार्यालय सुर्खेतले डिलिङका लागि आवश्यक उपकरण ल्याउन सुर्खेतदेखि दैलेखको साँघेतडासम्मको कर्णाली राजमार्गका मोड मिलाउने सहमति अनुसार काम अघि बढेको उहाको भनाइ छ । 
आयोजना प्रमुख नापितका अनुसार पेट्रोलियम पदार्थ उत्खनन्का गर्न कर्णाली राजमार्गबाट सहज भए माघबाट दैलेखमा पेट्रोलियम पदार्थ डिलिङको अर्को चरणको काम सुरु हुनेछ । दैलेखको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण २०७६ साल असोजदेखि सुरु गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले यसअघि नै सम्पन्न गरिसकेको छ । सरकारले यसअघि भैरवी गाउँपालिका १ जलजलेमा जग्गा अधिग्रहणको काम गरिसकेको छ ।
यसअघि नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भे गरिएको छ ।
दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार बनाएर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

कर्णालीमा सडक सुधारभन्दा नयाँ ट्रयाक खोल्नेमा ध्यान

# Slider

११ कार्तिक, २०८३

सुर्खेत- १० कात्तिक। कर्णाली राजमार्ग सुधारको माग उठिरहेको बेला कर्णाली प्रदेश सरकारले सडक सुधार र स्तरोन्ति भन्दा नयाँ ट्रयाक खोल्ने कामलार्इ बढी

रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदै

# Slider

२५ श्रावण, २०८२

साउन-२४। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदैछ। यसदिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

स्वरोजगारबाट आत्म निर्भर बन्दै सुर्खेतका दलित समूदायका महिलाहरु

# Slider

२८ असार, २०८२

असार-२८ सुर्खेत ।घरको चुलोचौकोमै सीमित जीवन बिताइरहेका सुर्खेतका दलित महिलाहरू अहिले आत्मनिर्भर बन्न थालेका छन।  स्वरोजगारमार्फत् उनीहरूले

फोटो ग्यालरी

↑