सुर्खेतमा लक्ष्यभन्दा धेरैले लगाए दादुरा रुबेलाबिरुद्धको खोप
सुर्खेत, ५ फागुन । सुर्खेत जिल्लामा लक्ष्यभन्दा धेरै दादुरा रुबेलाबिरुद्धको खोप लगाएका छन् ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतमा लक्ष्यभन्दा धेरै खोप कभरेज भएको हो ।
जिल्लाका ९ वटै पालिकामा गरी लक्ष्यभन्दा बढी एक सय ९ प्रतिशतभन्दा धेरैले खोप लगाएको जनाइएको छ । जबकी ९५ प्रतिशतसम्म कभरेज गर्न सके लक्ष्य पुरा भएको मानिन्छ ।
सुर्खेत जिल्लाभर ९ महिनादेखि पाँच बर्ष मुनिका ३० हजार ७६ जनालाई खोप लगाउने लक्ष्य राखिएको भएपनि वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले खोप लगाउनेको सख्या ३२ हजार ८ सय ६८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन धन बहादुर बुढाले बताउनुभयो ।
जस अन्तरगत १६ हजार ७ सय ९१ बालिका र १६ हजार ७७ जना बालक रहेका छन् । सबैभन्दा बढी वीरेन्द्रनगरका १३ हजार ८ सय २ जनाले दादुरा रुबेला विरुद्धको खोप लगाएको बुढाले बताउनुभयो ।
यस्तै, भेरीगंगा नगरपालिकामा तिन हजार ९ सय ४ जना, गुर्भाकोट नगरपालिकामा ३ हजार ८ सय ९६, पञ्चपुरी नगरपालिकामा २ हजार ६ सय ६१, लेकवेसी नगरपालिकामा २ हजार २ सय ६४ जनाले खोप लगाएका छन् ।
त्यसैगरी, चौकुने गाउँपालिकामा एक हजार ७ सय १३ जना, वराहाताल गाउँपालिकामा एक हजार ५ सय ४२, चिङ्गाड गाउँपालिकामा एक हजार १ सय ९७ जना र सिम्ता गाउँपालिकामा एक हजार ८ सय ८९ जनाले खोप लगाएको फोकल पर्सन बुढाले बताउनुभयो ।
यसैबिच, सुर्खेतमा १९ हजार ८ सय जनालाई कोरोनाबिरुद्धको बुष्टर डोज लगाइएको छ ।
सुर्खेतका चौकुने, पञ्चपुरी, चिङ्गाड र वीरेन्द्रनगरमा बुष्टर डोज कम भएको भन्दै आगामी बैशाखबाट फेरी अभियानकै रुपमा कोरोना खोप दिइने जनाइएको छ ।
रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदै
# Slider
२५ श्रावण, २०८२
साउन-२४। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदैछ। यसदिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले
स्वरोजगारबाट आत्म निर्भर बन्दै सुर्खेतका दलित समूदायका महिलाहरु
# Slider
२८ असार, २०८२
असार-२८ सुर्खेत ।घरको चुलोचौकोमै सीमित जीवन बिताइरहेका सुर्खेतका दलित महिलाहरू अहिले आत्मनिर्भर बन्न थालेका छन। स्वरोजगारमार्फत् उनीहरूले
वीरेन्द्रनगरले ल्यायो चार अर्ब ३८ करोडको बजेट
# Slider
११ असार, २०८२
असार -११ सुर्खेत।सुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेका छन्। ५ नगरपालिका र ४ गाउँपालिकाले




प्रतिकृया दिनुहोस