• १८ कार्तिक २०८३ मंगलबार/ Tuesday 11-03-2026
  • स्टुडियो टाईम : ०५:५९
  • ON AIR
  • UP NEXTBheri Khabar

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाण्डौ, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पूर्पक्षका लागि थुनामा छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर हाजिरी जमानतमा छाडेको जानकारी दिनुभयो । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाण्डौ ल्याएको थियो ।
जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।
गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि.स.२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि भने सीआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।

प्रतिकृया दिनुहोस

कर्णालीमा सडक सुधारभन्दा नयाँ ट्रयाक खोल्नेमा ध्यान

# Slider

११ कार्तिक, २०८३

सुर्खेत- १० कात्तिक। कर्णाली राजमार्ग सुधारको माग उठिरहेको बेला कर्णाली प्रदेश सरकारले सडक सुधार र स्तरोन्ति भन्दा नयाँ ट्रयाक खोल्ने कामलार्इ बढी

रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदै

# Slider

२५ श्रावण, २०८२

साउन-२४। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदैछ। यसदिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

स्वरोजगारबाट आत्म निर्भर बन्दै सुर्खेतका दलित समूदायका महिलाहरु

# Slider

२८ असार, २०८२

असार-२८ सुर्खेत ।घरको चुलोचौकोमै सीमित जीवन बिताइरहेका सुर्खेतका दलित महिलाहरू अहिले आत्मनिर्भर बन्न थालेका छन।  स्वरोजगारमार्फत् उनीहरूले

फोटो ग्यालरी

↑