सुर्खेत चिङ्गाडमा बजार अनुगमनः ३० हजार बराबरका म्याद गुर्जेका सामानहरु नष्ट
सुर्खेत, ९ चैत । सुर्खेत चिङ्गाड गाउँपालिकाको पटेला बजारमा म्याद गुर्जेका सामानहरु भेटिएका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा आज गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु फेला परेका हुन् ।
म्याद गुज्रेका झण्डै ३० हजार बराबरको सामानहरु नष्ट गरिएको संयुक्त अनुगमन टोलीले बताएको छ । करिब ३० वटाभन्दा धेरै विभिन्न पसलहरुको अनुगमनमा म्याद गुर्जेका सामानहरु भेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
“हाम्रो नियमित बजार अनुगमनको क्रममा चिङ्गाड गाउँपालिकाको मटेला बजारको अनुगमन गर्यौ, अधिकृत न्यौपानेले भन्नुभयो,” अनुगमनको क्रममा म्याद गुर्जेका सामानहरु ठुलो मात्रामा भेटियो, ति सामानहरुलाई नष्ट गर्न लगाएका छौँ । आगामी दिनमा यस्ता सामानहरु भेटिए कारवाही हुने चेतावनी दिएका छौँ ।”
खाद्यन्न, खुद्रा, खाजाघरहरुको अनुगमन गरिएको भन्दै सबैभन्दा धेरै पेय पदार्थ अन्तरगतका कोकहरु बजारभर नै म्याद गुर्जेको विक्रि वितरण हुने गरेको पाइएको न्यौपानेले बताउनुभयो । त्यसपछि दालमोठहरु म्याद गुर्जेका भेटिएको उहाँको भनाई छ ।
अनुगमनको क्रममा केही पसलहरुले न्युनतम मापदण्ड समेत प्रयो नगरेको दर्ताबिना पसलहरु संचालन गरेको पाइएकाले तत्काल मापदण्डअनुसार पसलहरु संचालन गर्न निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले बताउनुभयो ।
केही दालमोठ उद्योगहरुले लेवलिङ नगरी चाउमिन बजारमा पठाउने गरेको समेत पाइएको भन्दै उहाले ति उद्योगहरुलाई आगामी दिनमा त्यस्ता कार्य बन्द गर्न भनिएको उहाको भनाई छ ।
बजारमा गैरखाद्य वस्तुहरु विक्रिवितरण गर्न नपाइने भन्दै त्यस्ता कार्य नगर्न उपभोक्ता समेत चनाखो हुनुपर्ने उहाको भनाई छ ।
दैनिक उपभोग्य वस्तुहरुको प्रयोगमा आम उपभोक्तालाई सचेत बनाउन तिनै तहका सरकारहरुले हातेमालो गर्न आवश्यक रहेको बताउँदै खाद्य तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरिक्षक बिवेक सुवेदीले बताउनुभयो । “हामीले अनुगमनलाई त तिव्र बनाएका छौँ तथापी प्रत्यक्ष उपभोक्ताको स्वास्थ्यसँग जोडिएको यो विषयमा आम उपभोक्तालाई सचेत बनाउन आवश्यक छ, त्यसका लागि सबै पक्षले हातेमालो गर्न जरुरी छ ।”
यो विषयलाई सबैले प्रथामिकता नदिए मानव स्वास्थ्यमा गम्भिर असर पर्न सक्ने उहाको भनाई छ ।
उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गर्ने गरिएको भन्दै त्यसलाई खेलाची नठान्न सुझाव दिइएको छ ।
उपभोक्ताहरुलाई सचेत बनाउन सन्देशमुलक पम्पलेट पनि बजारभर बाडिएको जनाइएको छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, चिङ्गाड, प्रहरी चौकी मटेला, र नेपाल पत्रकार महासंघको संयुक्त टोली मटेला बजारका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदै
# Slider
२५ श्रावण, २०८२
साउन-२४। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशैभर मनाईदैछ। यसदिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले
स्वरोजगारबाट आत्म निर्भर बन्दै सुर्खेतका दलित समूदायका महिलाहरु
# Slider
२८ असार, २०८२
असार-२८ सुर्खेत ।घरको चुलोचौकोमै सीमित जीवन बिताइरहेका सुर्खेतका दलित महिलाहरू अहिले आत्मनिर्भर बन्न थालेका छन। स्वरोजगारमार्फत् उनीहरूले
वीरेन्द्रनगरले ल्यायो चार अर्ब ३८ करोडको बजेट
# Slider
११ असार, २०८२
असार -११ सुर्खेत।सुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेका छन्। ५ नगरपालिका र ४ गाउँपालिकाले




प्रतिकृया दिनुहोस