• ५ मङ्सिर २०८३ शुक्रबार/ Friday 11-20-2026
  • स्टुडियो टाईम : ०१:०५
  • ON AIRSongs
  • UP NEXTSongs

चालु आर्थिक वर्षको चार महिनामा कर्णालीमा करिब साढे २४ करोड राजस्व संकलन

मंसिर -२ सुर्खेत  ।आन्तरिक कर तथा राजस्व संकलनको दायरा सानो भएको कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा २४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
कर्णालीमा कर संकलनमा मुख्यतया सवारी साधन कर रहेको छ। 
संघीय अनुदानमा बढी निर्भर रहने कर्णाली सरकारको राजस्व संकलनमा सुधार भएपनि यो अझै पनि सीमित छ। 
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा २४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।
आर्थिक वर्ष २०८२र८३ मा कर्णालीका यातायात कार्यालयहरूबाट मात्र ३५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। 
प्रदेशको आन्तरिक आम्दानीको सबैभन्दा ठूलो हिस्सा यातायात क्षेत्रले ओगट्ने गरेको छ। 
यातायात क्षेत्रबाट उठ्ने कुल राजस्वमध्ये सवारी साधन करको योगदान करिब ८७ प्रतिशत रहेको छ। 
चालक अनुमतिपत्र तथा सवारी दर्ता नवीकरण दस्तुरबाट १० प्रतिशत र जरिवानाबाट १ प्रतिशत संकलन हुने गरेको छ। 
यातायातपछि पर्यटन र अन्य  क्षेत्रबाट करिब २ करोड १४ लाख रुपैयाँ हाराहारीमा राजस्व संकलन हुने गरेको तथ्यांक छ। 
यसबाहेक घरजग्गा रजिष्ट्रेशन, ढुंगा, गिट्टी, बालुवा, वन पैदावार र प्रशासनिक सेवा शुल्कबाट राजस्व उठ्ने गरेको  छ। 
ठूला उद्योग, कलकारखाना र व्यावसायिक कारोबार कम भएकाले प्रदेश सरकारको आन्तरिक आय वार्षिक ६५ करोडदेखि ८३ करोड रुपैयाँको हाराहारीमा सीमित रहने गरेको छ।
कर्णाली प्रदेशको कुल बजेट करिब ३५ अर्ब ३९ करोडको तुलनामा आन्तरिक राजस्वको हिस्सा निकै सानो छ। 
यसले गर्दा प्रदेश सरकार संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण र राजस्व बाँडफाँडमा निर्भर रहनुपरेको छ।
कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक ऐन मार्फत करका नयाँ शीर्षकहरू पहिचान गर्ने र प्रविधिमैत्री कर प्रशासन लागू गरेर राजस्व दायरा बढाउने जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ

# भेरी खबर

५ मङ्सिर, २०८३

मंसिर -४ सुर्खेत ।सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतको प्रहरी टोलीले मलद्वारभित्र लुकाएर

सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम कानुनी तथा प्रशासनिक झन्झटमा अल्झियो

# भेरी खबर

४ मङ्सिर, २०८३

मंसिर -३ सुर्खेत।कर्णाली प्रदेशमा गुणस्तरीय र नियमित विद्युत् सेवा पु¥याउने उद्देश्यले निर्माण थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन

सुर्खेतमा ५७ जना नयाँ कुष्ठरोगका विरामी फेला

# भेरी खबर

३ मङ्सिर, २०८३

मंसिर २ सुर्खेत।सुर्खेतमा कुष्ठरोग प्रभावित, अपांगता भएकाहरुको उपचारको क्षेत्रमा काम गर्दै आएको आइएनएफ नेपाल साइनिङ अस्पताललाई पुनस्र्थपना

फोटो ग्यालरी

↑