• ५ मङ्सिर २०८३ शुक्रबार/ Friday 11-20-2026
  • स्टुडियो टाईम : ०१:०५
  • ON AIRSongs
  • UP NEXTSongs

सुर्खेतमा ५७ जना नयाँ कुष्ठरोगका विरामी फेला

मंसिर २ सुर्खेत।सुर्खेतमा कुष्ठरोग प्रभावित, अपांगता भएकाहरुको उपचारको क्षेत्रमा काम गर्दै आएको आइएनएफ नेपाल साइनिङ अस्पताललाई पुनस्र्थपना केन्द्रको हब बनाउने लक्ष्य राखिएको छ।
आगामी दशकमा यो अस्पताललाई पश्चिम नेपालको पुनस्र्थापना केन्द्रको हब बनाउने लक्ष्य राखिएको हो ।
७४ औं आइएनएफ दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा आइएनएफ नेपालका स्वास्थ्य सेवा विभागका निर्देशक डा. अरुणकुमार बुढाले सुर्खेतको साइनिङ अस्पताललाई पुनस्र्थापना केन्द्रको हवका रुपमा विकास गरिने जानकारी दिनुभयो।
आइएनएफ सुर्खेतले अहिले कुष्ठरोग, फिस्टुला र अपांगताको क्षेत्रमा काम गर्ने हुँदा यसको सेवा विस्तार अझ फराकिलो बनाउनकालागि पुनस्र्थापना केन्द्रको रुपमा विकासित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। 
यस्तै क्षयरोग, कुष्ठरोग, फिस्टुला र अपांगताको उपचार, जनचेतना तथा समुदाय विकासको काममा आइएनएफले सरकारसँग हातेमालो गर्दै सरकारको लक्ष्य, उद्देश्यलाई पुरा गर्न सहयोग पुर्याएको उहाँको भनाइ छ। 
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले साइनिङ अस्पतालबाट प्रदान गरिएको सेवाले धेरै विपन्न कर्णालीबासी लाभान्वित भएको उल्लेख गर्दै सेवालाई थप परिष्कृतसहित विस्तार गर्न सुझाव दिनुभयो।
विशेषगरी कुष्ठरोग र अपांगताको उपचार अति कठिन भएपनि अहिले सहज हुँदै गएको हुँदा सेवावारे थप प्रचार गर्न पनि उहाँले आग्रह गर्नुभयो।  
यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले सन् २०३० सम्म नेपालमा शुन्य क्षयरोग र कुष्ठरोग बनाउने अभियानमा हातेमालो गर्नुपर्ने बताउनुभयो । 
स्वास्थ्यको क्षेत्रमा आइएनएफले गरेको कामको स्मरण गर्दै उहाँले सरकारको लक्ष्य पूरा गर्ने अभियानमा पनि साथ दिन आग्रह गर्नुभयो । 
आइएनएफ नेपाल साइनिङ अस्पतालका कार्यक्रम संयोजक ललितबहादुर सारुले यस वर्ष ५७ जना नयाँ कुष्ठरोगका विरामीहरु फेला परेको जानकारी दिनुभयो। 
अस्पतालबाट १२ हजार ९८६ जनाले उपचार सेवा लिएको र त्यसमा ७५२ जना कुष्ठरोगका विरामी रहेका छन्।
यस्तै ७० जना फिस्टुलाका विरामीको शल्यक्रिया गरी निको बनाइएको छभने ४५४ जना अपांगता भएका व्यक्तिहरुले अपांगता सहायता सामग्री प्राप्त गरेको उहाँले बताउनुभयो। साइनिङ अस्पतालमा २५ शय्या छ। 
जहाँ कुष्ठरोगका विरामी र मेरुदण्ड भाँच्चिएका विरामीहरुको उपचार हुने गर्दछभने १७ शय्याको फिस्टुला उपचार केन्द्र छ। 
जसबाट पिसाब चुहिने रोगका महिलाहरुको शल्यक्रिया तथा उपचार हुने गरेको कार्यक्रम व्यवस्थापक सारुले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ

# भेरी खबर

५ मङ्सिर, २०८३

मंसिर -४ सुर्खेत ।सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतको प्रहरी टोलीले मलद्वारभित्र लुकाएर

सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम कानुनी तथा प्रशासनिक झन्झटमा अल्झियो

# भेरी खबर

४ मङ्सिर, २०८३

मंसिर -३ सुर्खेत।कर्णाली प्रदेशमा गुणस्तरीय र नियमित विद्युत् सेवा पु¥याउने उद्देश्यले निर्माण थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन

चालु आर्थिक वर्षको चार महिनामा कर्णालीमा करिब साढे २४ करोड राजस्व संकलन

# भेरी खबर

३ मङ्सिर, २०८३

मंसिर -२ सुर्खेत  ।आन्तरिक कर तथा राजस्व संकलनको दायरा सानो भएको कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा २४ करोड २७ लाख रुपैयाँ

फोटो ग्यालरी

↑