• ५ मङ्सिर २०८३ शुक्रबार/ Friday 11-20-2026
  • स्टुडियो टाईम : ०१:०५
  • ON AIRSongs
  • UP NEXTSongs

सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम कानुनी तथा प्रशासनिक झन्झटमा अल्झियो

मंसिर -३ सुर्खेत।कर्णाली प्रदेशमा गुणस्तरीय र नियमित विद्युत् सेवा पु¥याउने उद्देश्यले निर्माण थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी तथा प्रशासनिक झन्झटमा अल्झिएको छ । 
निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि रुख कटान र जग्गा भोगाधिकारको प्रक्रिया टुङ्गिन नसक्दा आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको हो ।
कोहलपुर–सुर्खेत–दैलेख प्रसारण लाइन आयोजनाअन्तर्गतको यो खण्ड २०८० सालमा सम्झौता भएर २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर वन क्षेत्रको जग्गा उपयोग र रुख कटानको अनुमति नपाउँदा आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशतमा सीमित भएको छ । म्याद थप गरिए पनि अझै ३० प्रतिशत काम बाँकी छ ।
कर्णाली प्रदेशको विद्युत् आपूर्ति सुधार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो आयोजना सरकारी निकायबीचको समन्वय अभाव र कानुनी प्रक्रियाकै कारण सुस्त बनेको छ ।
समयमै निर्माण सम्पन्न हुन नसक्दा एकातिर सर्वसाधारणले गुणस्तरीय विद्युत् सेवाबाट वञ्चित हुनुपरेको छ भने अर्कोतिर कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रसारणसमेत चुनौतीपूर्ण बनेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु भई दैलेखको चुप्रामा पुगेर जोडिने ३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको निर्माण जिम्मा सिग्मा काठमाडौंले पाएको छ ।
यस खण्डमा कुल १०१ वटा एंगल टावर निर्माण गर्नुपर्नेमा हालसम्म ४१ वटा टावर मात्र निर्माण सम्पन्न भएका छन् । 
थप ४० वटा टावरका फाउन्डेसन तयार भएका छन् भने वनसम्बन्धी कानुनी प्रक्रिया पूरा नभएका कारण २० वटा टावरको फाउन्डेसन निर्माणसमेत सुरु हुन सकेको छैन ।
आयोजनाको ढिलाइको प्रमुख कारण भौगोलिक विकटता वा निर्माण व्यवसायीको कार्यक्षमताभन्दा पनि सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त नहुनु देखिएको छ। 
प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने साना तथा ठूला गरी झन्डै १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने आयोजनाले जनाएको छ । 
वन क्षेत्रको रुख कटानका लागि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने कानुनी व्यवस्थाका कारण लामो समयदेखि आयोजना रोकिएको हो ।
आयोजना प्रमुख रविकुमार चौधरीले मन्त्रिपरिषद्बाट रुख कटानको अनुमति प्राप्त हुनासाथ बाँकी निर्माण कार्यले गति लिने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ

# भेरी खबर

५ मङ्सिर, २०८३

मंसिर -४ सुर्खेत ।सुर्खेतमा ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतको प्रहरी टोलीले मलद्वारभित्र लुकाएर

सुर्खेतमा ५७ जना नयाँ कुष्ठरोगका विरामी फेला

# भेरी खबर

३ मङ्सिर, २०८३

मंसिर २ सुर्खेत।सुर्खेतमा कुष्ठरोग प्रभावित, अपांगता भएकाहरुको उपचारको क्षेत्रमा काम गर्दै आएको आइएनएफ नेपाल साइनिङ अस्पताललाई पुनस्र्थपना

चालु आर्थिक वर्षको चार महिनामा कर्णालीमा करिब साढे २४ करोड राजस्व संकलन

# भेरी खबर

३ मङ्सिर, २०८३

मंसिर -२ सुर्खेत  ।आन्तरिक कर तथा राजस्व संकलनको दायरा सानो भएको कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा २४ करोड २७ लाख रुपैयाँ

फोटो ग्यालरी

↑